आज:  | Wed, 19, Jun, 2024

काम गरे पनि जस पाउन नसकेका पर्साका प्रजिअ भट्टराई

युथ अफ वीरगंज November 28, 2019मा प्रकाशित (४ साल अघि) १०३५४ पाठक संख्या

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागि गृह मन्त्रालायले २ करोड बजेट छुट्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको पहलमा नेपाल सरकारको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागी दुई करोड बजेट छुट्टयाइएको हो ।

जिल्ला प्रशासन कार्यालय संचालन रहेको भवनको पछाडि पट्टी ब्याडमिन्टन कोट भएको ठाउँमा नयाँ भवन निर्माण गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले वताउनु भयो । १२ करोडको लागतमा आधुनिक किसिमको ४ तल्ले भवन निर्माणको लागि पहिलो चरण अन्तर्गत मन्त्रालयले यस बर्ष २ करोड बजेट छुट्टयाएको अधिकारी भट्टराईले जानकारी गराउनु भयो । भवन निर्माणको लागि माटो परिक्षणको काम भइसकेको जानकारी गराउदै भट्टराईले छिटै नयाँ भवन निर्माणको काम पनि सुरु हुने वताउनु भयो ।

यसका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भट्टराई आए पछि थुप्रै कामहरु भएका छन् । भट्टराई पर्साका प्रजिअ भएर आए पछि जिल्ला प्रशासन कार्यालयलाई ब्यवस्थित गर्न सफल भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरुको लागि टोकन सिस्टम लागु भएको छ । नयाँ नागरिक्ता र नागरिक्ता प्रतिलिपी वितरणको लागी टोकन सिस्टम लागु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत प्राण मेहताले वताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा जडान भएको डिजिटल नोटिस बोर्ड र अडियो नोटिस बोर्ड । तस्विर ः- कालिका टाईम्स
नागरिक्ता फाँटमा टोकन सिस्टम लागु भए पछि सेवाग्राहीलाई लाईन बस्ने बाध्यता खत्म भएको छ । जिल्ला प्रशासन कार्यालयमा सुचना प्रणाली, हेल्प डेस्क स्थापना भएको छ । पछिलो प्रजिअको कार्यकालमा भएको सौचालय बिवादलाई ध्यानमा राखी सेवाग्राहिका लागि  खाजा घर, साथै बैठक गर्नका लागि बातानुकुल एयरकन्डिसन युक्त बैठककोठाको निर्माण समेत भएको छ ।स्थानीय भाषा भोजपुरीमा अडियो नोटिस बोर्ड जडान भएको छ । कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकता प्रतिलिपी, संस्था दर्ता , संस्था नविकरण तथा पासपोर्ट लागयतको सेवाहरुको लागि चाहिने आवश्यक कागजातहरु, लाग्ने समय , दस्तुर आदि बारे जानकारी गराईरहेको सो अडियो नोटिस बोर्डबाट सुन्न सकिन्छ भने सो कुरालाई भिडियो नोटिस बोर्डबाट समेत पढ्न सकिन्छ ।यसका साथै जिल्ला प्रशासन कार्यालय परिसर मै पानिको फोहारा फाल्ने (वाटर फाउन्टेन) निर्माण भएको छ । भट्टराई कै कार्यकालमा पर्साका ग्रामिण भेग स्थित जिराभवानी गाउँपालिकाको वडा नं. ४ सुपौलीमा इलाका प्रशासन कार्यालय संचालनमा आएको छ । कार्यालयमा पुग्दा प्रत्यक्षरुपले कार्यालय पहिला भन्दा व्यवस्थित भएको देखिनुको साथै अनुभुति हुन थालेको सेवाग्राहीहरु बताउँछन् ।

केही दिन मै अब जिल्ला प्रशासन कार्यालयको सेवा प्रभाव बैंकिङग प्रणालीबाट सुचारु गर्ने प्रजिअ भट्टराईको तयारी छ । जिल्ला प्रशासन कार्यालयमा बैंकको शाखा स्थापना गरि बैंकीङग प्रणालीबाट सेवा प्रवाह सुचारु गरिने बताईएको छ । यसका साथै कार्यालय परिसर भित्र निःशुल्क वाईफाई सुविधा समेत उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ !

via :- KalikaTimes.