आज:  | Tue, 25, Jun, 2024

छोरीलाई झ्यालबाट फालेर बचाइन्, आफू अस्पतालमा !

युथ अफ वीरगंज November 30, 2019मा प्रकाशित (४ साल अघि) २७१० पाठक संख्या

बुधबार दिउँसो साढे बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को लु२ख २१४८ नम्बरको बस अपराह्न बजे दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परी बस चालक रुपन्देही गैंडहवा का ३२ वर्षीय चालक थापा, गाडी धनी अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर का ३८ वर्षीय सन्तबहादुर बस्नेतसँगै १९ जना यात्रुको ज्यान गएको थियो।

पूजा वसन्तकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीतर्फ दुई छोरा जन्मिएपछि वसन्तले तीन वर्षपहिले पूजासँग बिहे गरेका थिए। डेढ वर्ष पहिले पूजा र वसन्तको छोरी जन्मिएकी थिइन्।

जेठी श्रीमती दुई छोरासहित केही समयदेखि माइतीमा बस्दै आए पनि बेलाबखत आउजाउ हुन्थ्यो।

वसन्त सानैदेखि पैसाको लागि विदेशमा श्रम र पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं भन्ने भावना राख्थे। त्यसैले पनि उनी गाडी चलाउन थाले। ४-५ वर्ष बसमा सहचालकको काम गरेका वसन्तले चार वर्षदेखि भने बस चलाउँदै आएका थिए। यसअघि अर्को बस चलाएका उनले त्यो बस बिक्री भएपछि चार महिनादेखि लु२ख २१४८ नम्बरको बस चलाउन थालेका थिए।

प्रत्यक्षदर्शी प्रहरी सहायक निरीक्षक पन्थी साँघुरो सडकमा गाडीको स्टेरिङले मोड काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँछन्।

घटनास्थलको सडक मुश्किलले १२ फिट मात्र चौडाइको रहेको र एउटा मोडको खोंच पार गरी अर्को मोड घुम्दै गर्दा तत्काल स्टेरिङ नघुमेको कारण बस दुर्घटनामा परेको देखिएको पन्थीले बताए।

घटनास्थल भन्दा ५-७ फिट अगाडि-पछाडि रुखहरू रहे पनि बस पल्टिएको स्थानमा रुख नभएको कारण बस धेरै तल खसेको प्रहरी सहायक निरीक्षक पन्थीले बताए।

गाडी धनी, चालक र १७ जना यात्रु गरी १९ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। जसमध्ये सन्धिखर्ककी एन्जिला भट्टराई र छत्रदेव गाउँपालिका-७ ढिकुराका १९ वर्षीय लोकनाथ पाण्डे सामान्य उपचारपछि घर फर्किएका छन्। १४ जना घाइतेहरुको बुटवल, भैरहवा र काठमाडौंमा उपचार भइरहेको छ।