आज:  | Wed, 19, Jun, 2024

स्वर्ण नजिक पुगेर चुकेपछि नेपाली खेलाडी आँशु थाम्न सकेनन्।

युथ अफ वीरगंज December 3, 2019मा प्रकाशित (४ साल अघि) ११८८७ पाठक संख्या

१३औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपालले महिला भलिबलमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ।

मंगलबार भएको फाइनल भिडन्तमा भारतसँग अन्तिम समयमा चुकेपछि नेपाल रजतमा सीमित बन्यो।

पहिलो सेट गुमाए पनि नेपालले दोस्रो र तेस्रो सेट जितेर अग्रता लिएको थियो। तर चौथो र पाँचौ सेटमा नेपाली टिम पछि पर्‍यो।

स्वर्ण नजिक पुगेर चुकेपछि नेपाली खेलाडी आँशु थाम्न सकेनन्। अधिकांस खेलाडी भावुक बनेपछि खेल पदाधिकारी आएर सम्हाल्नु परेको थियो।  

प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः २५-२४ र २५-२१ ले जित्न सफल भयो। प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको आफ्नो पक्षमा पार्न सक्यो। भारतले २५-२० को जित निकाल्यो। पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्‍यो।नेपाललाई रजत पदमा रोकिदियो।

तरपनि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो।

photo :- Setopati.com