आज:  | Sat, 22, Jun, 2024

‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ का चर्चित गायक रुद्रमणि गुरुङको निधन !

युथ अफ वीरगंज December 10, 2019मा प्रकाशित (४ साल अघि) ३६१३ पाठक संख्या

काठमाडौँ – गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ । अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् ।