आज:  | Sat, 22, Jun, 2024

सनिलले जिते बक्सिङमा स्वर्ण, नेपालको स्वर्ण संख्या ५० पुग्यो!

युथ अफ वीरगंज December 10, 2019मा प्रकाशित (४ साल अघि) ११००५ पाठक संख्या

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् ।

यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।