आज:  | Wed, 19, Jun, 2024

वीरगञ्जबाट सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद, तस्कर फरार

युथ अफ वीरगंज December 12, 2019मा प्रकाशित (४ साल अघि) २५२४३ पाठक संख्या

वीरगञ्जबाट सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ । मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो ।

जगरनाथपुर गाउँपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बिओपी भिखमपुरको टोलीले चरेश बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगंजका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुवरले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायडु नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बीआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए । पछि चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनी चरेश भेटिएको थियो । ‘पहिला त हामीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेका थियौं ।’ प्रहरी उपरीक्षक कुँवरले भने, ‘चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि चरेश प्याकिङ गरी लुकाएर राखिएको रहेछ ।’

चरेशसहित मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।