आज:  | Tue, 25, Jun, 2024

दश बालक उद्धार, दलाल र चोर पक्राउ

युथ अफ वीरगंज December 13, 2019मा प्रकाशित (४ साल अघि) १३५८८ पाठक संख्या

दश बालक उद्धार, दलाल र चोर पक्राउ:
उद्धार मिती: मङ्सिर २६ गते

भारत विहार राज्यको सितामढीबाट मङ्सिर २६ गते १० नेपाली बालकको उद्धार गरेर ल्याएको छ । उद्धार गरिएको बालकमा सात जनालाई बालमजदुरी गराउन दलाल मार्फत पंजार हरियाणा लगायतको ठांउमा तस्करी गर्न लान थालिएको थियो भन्ने तिन बालकलाई विरगंजबाट चोरी गरि भारतमा भिख मगांउने कार्यमा लगाइएको थियो। बाल-मजदुरीमा लान लागेको बालकहरुको उमेर १४ देखि १७ वर्ष रहेका छन् भन्ने चोरी गरिएका बालकहरुको उमेर सात-आठ वर्षको रहेका छन् ।

बालमजदुरी बाट उद्धार: सर्लाही चन्द्रनगर गा.पा. का विवेक माझी, विक्रम माझी, रवि कुमार, संतोष माझी, संदीप माझी , रूपेश माझी र राजु माझी । यिनीहरू लाई एक महिना अगाडी भारतको विभीन्न शहरमा राम्रो तलबमा काम लगाई दिने लोभ दिएर लग्दै गर्दा सोनवरसा सिमामा दलाललाई पक्राउ गरि सातै बालकलाई बालगृह सितामढीमा राखिएका थिए।

यस्तै विरगंजको घण्टाघरबाट चोरेर भारत लगेका सात-आठ वर्ष उमेर भएका तिन बालक क्रमश: लालबन्दि न.पा.२ को बिर्बल पासवान, रामनगर न.पा. ६ को मो.सदरे आलाम नदाफ र बिरगंज घर बताउने किशन पटेल पनि संगै उद्धार गरिएको छ। घण्टाघरमा खेल्दै गर्दा घुमाई दिन्छु भनेर यिनीहरू लाई-ललाई फुस्लाई रक्सौल लगेर चार दिनसम्म भिख मांगन कार्यमा लगाइएको थियो। विरगंजबाट सितामढीको बाटो हुंदै अन्यत्र लान खोज्दा भारतीय प्रहरीले एक पुरुष र दुई महिला चोर समेतलाई पक्राउ गरि तिनै बालकलाई बालगृहमा राखेका थिए।

कानुनी प्रक्रिया पूरा गर्न नै एक महिनाभन्दा बढी लागेको र बल्ल आज उद्धार गरेर दशौं बालकलाई ल्याउन सफल छु । भारतमा कडा कानुन छ, अभिभावकहरु पटकपटक सितामढी पुगे तर बालगृहले बालक जिम्मा दिएनन्। मैले खबर पाएपछि प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री र सर्लाही जिल्ला प्रमुखको सिफारिस पत्र सहित कानुनी प्रक्रिया पूरा गरी उद्धार गरेका छु।

यसपालीको उद्धारमा बाल कल्याण समिति सितामढीले दशौँ बालकलाई मलाई सुपुर्द गर्यो, सबैलाई सीतामढीबाट सोनाबर्सा सिमा हुँदै नेपाल ल्याएर सर्लाहीको जिल्ला प्रशासन कार्यालयलाई जिम्मा लगाउन खोजे तर जिल्ला प्रशासनले जिम्मा लिन नमाने पछि प्रशासकीय अधिकृत, चन्द्रनगर गाउँपालिका २ को वार्ड अध्यक्ष रामनारायण महतो र ६ को वार्ड अध्यक्ष रामचन्द्र कापड तथा स्थानीय संचारकर्मी लगायतको रोहबरमा तत्कालै आठ बालकलाई अभिभावकको जिम्मा लगाइयो । दुई बालक सदरे आलम र किशन पटेलको अभिभावक आउँ नसकेको हुनाले उनीहरुलाई तत्काल मलंगवा स्थित महिला शान्ति सेवा केन्द्रमा राखें ।

कागजी प्रकृयाको बेला जिल्ला प्रशासनले प्रसंसनिय सहयोग गरेका थिए, अबेर सम्म कर्मचरी खटेर कागजात बनाएका थिए तर बालक उद्धार गरेर ल्याए पछि जिम्मा लिन मानेन्न, बडो दुखको कुरा हो । हाम्रो सरकारी निकाय प्रमाणीकरण र रोहबरमा बस्ने कार्यमा मात्र सिमित बस्नु भएन अझ जिम्मेवार हुनु पर्यो । साथै बालबालिकाको विषयमा हरेक प्रदेश सरकारले सबैभन्दा पहिले बालबालिकाको अधिकार, विकास र संरक्षण सम्बन्धित कानुन बनाओस् र यताशीध्र प्रदेश बाल कल्याण बोर्ड गठन गरोस् ।