आज:  | Wed, 19, Jun, 2024

सिन्धुपाल्चोक बस दुर्घटनाः १२ जनाको घटनास्थलमै मृत्यु

युथ अफ वीरगंज December 15, 2019मा प्रकाशित (४ साल अघि) १२७२७ पाठक संख्या

सिन्धुपाल्चोक– दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

बा २ ख ४४६८ नम्बरको बस लामोसाघु– जिरी सडकखण्डको पाँच किलो भन्ने ठाउँमा दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालले घटनाको पुष्टि गरे ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँबाट बस ५ सय मिटर तल खसेको जनाइएको छ ।

घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ ।