आज:  | Sat, 22, Jun, 2024

एकसरो लुगा र चप्पलमा काठमाडौंको चिसोमा अधिकार खोज्दै उखु किसान !

युथ अफ वीरगंज December 30, 2019मा प्रकाशित (४ साल अघि) १६९०९३ पाठक संख्या

काठमाडौं । सर्लाहीबाट झण्डै ५० जनाको संख्यामा एकसरो लुगा र चप्पल लगाएरसाहुबाट चार पाँच हजार रुपियाँ सापटी मागेर काठमाडौं आएका उखु किसानहरुको दैनिकी अहिले माइतीघर मण्डलामा ब्यानर बोकेर उभ्भिने भएको छ । काठमाडौंको कठ्यङ्ग्रिदो जागो समेत थापा नपाएका कृषकहरु उद्योगीहरुसँग उखुको मूल्य खोन्दै खुट्टामा चप्पल र सर्टका भरमा काठमाडौं आएका थिए । दिनभरी घाममा बस्दा तातो हुने भएता पनि बिहान बेलुकी र रातिको चिसोबाट गुज्रिनुपरेको छ । तै पनि सरकार र उद्योगीहरुसँग आफ्नो श्रम र उत्पादनको मूल्य खोज्दै किसानहरु संघर्षमा छन् । आफ्ना कुरा नराखे सरकारले कसरी सुन्ला ? राखौं भने एउटै कुरा सयौंलाई कति पल्ट कति समयसम्म भनौं ? एक किसान भन्छन् । सर्लाही क्षेत्र न. ४ का सयौं किसान अहिले रिऋ तिर्न नसकेर आत्माहत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । अन्नपूर्ण सुगर एण्ड इन्डस्ट्रिजले दिएका बिल भौचर देखाउँदै किसान रामबिलास महतो कोइरीले भने, ‘मिलले पैसा दिन्छ भनौं भने मिल बन्द छ, दिँदैन भनौ भने आफूलाई साहुले छोड्दैन ।

 एकातिर आफूले लिएको रिऋको व्याज बढ्दै छ भने अर्कोतिर सम्पूर्ण काम छोडेर रिऋ काडेर काठमाडौं आउँदा झन ठूलो आर्थिक भार आफूहरुमा पर्दै गएको उनले बताए । सबै किसानका भएका जमिन रिऋ तिर्नुपर्ने अवस्था सिर्जना भएकाले सरकारले आफूहरुलाई न्याय र सुकुम्वासी हुनबाट जोगाउन आग्रह गर्दै थिए ।


“कृषकहरूले आत्महत्या गर्नुपर्ने परिस्थिति बन्दैछ, सरकार छिटो आँखा उघार !”