आज:  | Tue, 25, Jun, 2024

“तराईका किसान सडकमा लड्दा मधेशवादी नेताहरु कता ?”

युथ अफ वीरगंज December 31, 2019मा प्रकाशित (४ साल अघि) २१७३६ पाठक संख्या

काठमाडौँ – चिनी मिलहरुले उखुको रकम भुक्तानी नगरेपछि उखु किसानहरु अहिले आन्दोलनरत छन्। तराईमा विभिन्न क्षेत्रबाट काठमाडौँ आएका उखु किसानहरुले देखि दिन देखि आन्दोलनरत भएका हुन्।
तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर अन्दोलान गर्दा आफ्ना माग पूरा नभएपछि किसानहरु काठमाडौँ आउन बाध्य भएका छन्। काठमाडौँमा चिसोमा आन्दोलन गरिरहँदा पनि किसानहरुको माग सम्बोधन हुने संकेत देखिएको छैन।
तराईका उखु किसान काठमाडौँमा आन्दोलन गरिरहँदा मधेशवादी दलहरु मौन बसेको प्रति सामाजिक संजाल देखि मिडियाहरुमा चर्को आलोचना भएको छ।

यसै विषयलाई लिएर चर्चित हाँस्यकलाकार दिपक राज गिरिले “संविधान संशोधन”को नाममा आन्दोलन गर्न तयार हुनुभन्दा पहिला किसानको माग पूरा गराउन राजनीतिक नेताहरुलाई आह्वान गरेका छन्।

मंगलबार फेसबुक मार्फत गिरिले यस्तो आह्वान गरेका हुन्। आफ्नो अधिकारका लागि काठमाडौँका सडकमा लडिरहेका तपाईका किसानहरुको माग पूरा गराउन नेताहरु समक्ष उनको आह्वान छ।