आज:  | Wed, 19, Jun, 2024

प्रदेश ३ को नाम ‘बागमती’ घोषणा

युथ अफ वीरगंज January 12, 2020मा प्रकाशित (४ साल अघि) १०४५९ पाठक संख्या

हेटौंडा,२७ पुस,प्रदेश ३ को नाम बागमती घोषणा भएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आईतबार बसेको दोस्रो प्रदेशसभा बैठकमा प्रदेश ३ को नाम बागमती घोषणा गरेका हुन् ।

प्रदेश ३ को नामको लागि एक मात्र नाम बागमती प्रस्ताव गरिएको थियो ।  आईतबार प्रदेश ३ को नाम बागमती राख्ने काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रस्तावमा मतदान हुदाँ १०८ प्रदेश सदस्यले प्रदेशको नाम बागमती राख्ने पक्षमा मतदान गरेका थिए !