आज:  | Wed, 19, Jun, 2024

वीरगञ्जका जनता कहिल्यै सुध्रिएनन् : मेयर सरावगी

युथ अफ वीरगंज January 18, 2020मा प्रकाशित (४ साल अघि) २९०८६ पाठक संख्या

वीरगञ्ज – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा वीरगन्जको घण्टाघर देखि निकालिएको प्रभातफेरी नगर परिक्रमा गरी पुनः घण्टाघरको नजिकै रहेको बिपी उद्यानमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सहभागी बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रभातफेरीमा सहभागी भएकाहरुले ट्राफिक व्यवस्थापन सम्बनिध नाराहरु लेखिएको प्लेकार्डहरु पनि बोकेका थिए । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, ट्राफिक प्रहरी कार्यालयका प्रदेश नंं २ पथलैंयाका ट्राफिक प्रहरी उपरिक्षक श्याम कुमार महतो, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिह राठौर,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले वीरगञ्जका जनता कहिले पनि सुध्रिनेवाला छैनन् भन्दै अभिव्यक्ति दिएका छन् । मेयर सरावगीले मधेशका जनता कहिले सुध्रिनेवाला छैन् भन्दै ट्राफिक व्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिएका थिए । समुदाय प्रहरी साझेदारी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन समिति जनचेतना मुलक कार्यक्रमका लागि निकालिएको प्रभातफेरी कार्यक्रम पछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै मेयर सरावगीले यस्तो बताए ।

नेपाल राष्ट्रिय वाणिज्य वैंक क्षेत्रिए कार्यालय वीरगन्जका प्रमुख विश्व प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वाणिज्य वैंकको सौजन्यमा फ्लोरेन्ट ज्याकेट पनि वितरण गरिएको थियो । २०० ज्याकेट मध्ये ५० थान ट्राफिक प्रहरी कार्यालयलाई तथा १५० थान कार्यक्रममा ड्राइवरहरुलाई वितरण गरिएको थियो ।

via :- Nepalpostdaily.com