आज:  | Tue, 25, Jun, 2024

अबको ५ वर्षमा निजगढ विमानस्थल

युथ अफ वीरगंज February 6, 2020मा प्रकाशित (४ साल अघि) ४२०१ पाठक संख्या

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्ष्भित्र निजगढ विमानस्थल बनाइसक्ने दाबी गरेका छन् । देशकै ‘गेम चेन्जर’ परियोजना भएकाले सरकारले यसको निर्माणका लागि ‘अर्जुन दृष्टि’ लगाएर काम गरिरहेको उनको भनाइ छ ।

नेपालका विमानस्थलहरूको वर्तमान अवस्थाबारे जानकारी दिन बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले प्राविधिक काम सल्टाउँदै स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिएको जानकारी दिए । ‘जग्गा अधिग्रहण, टाँगिया बस्ती स्थानान्तरण तथा रूख कटानका विषयमा करीब सहमति भइसकको छ,’ उनले भने, ‘लगानी र निर्माणको बारेमा लगानी बोर्डले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिसकिएको छ । अबको ५ वर्षमा निजगढ विमानस्थल निर्माण सम्पन्न गरिनेछ ।