आज:  | Sat, 22, Jun, 2024

अब छोरीले छोरामाथि एसिड खन्याउने छन्, भिडियो हेर्नुस ! : मुख्‍मन्‍त्री राउत

युथ अफ वीरगंज February 8, 2020मा प्रकाशित (४ साल अघि) ७९३९ पाठक संख्या

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘अब छोरीले छोरामाथि एसिड खन्याउने बताएका छन्। जनकपुरकी एक महिला अगुवासँगको भेटघाटका क्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

महिला सशक्तिकरणका नाममा मुख्यमन्त्री

राउतले यस्तो अभिव्यक्ति दिएका हुन्। उनको यो अभिव्यक्तिसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

‘तपाईहरु छोरीको बारेमा सोच्दैं हुनुहुन्छ। हामी पनि पहिलादेखिनै यस विषयमा सोचिरहेका छौं’,राउतले भिडियोमा मैथिली भाषामा भनेका छन्, ‘छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र वारियर बनाउनु छ कि मेरो पिरियडमा छोरीले अब छोराको मुखमा एसिड खन्याउँनेछन्। यो मेरो सोच हो।’

छोरीको सशक्तिकरणमा छोरा मुख्य बाधक रहेको जस्तो सन्देश दिने मुख्यमन्त्री राउतको प्रतिक्रियाले उनको आलोचना भएको हो।