आज:  | Sat, 22, Jun, 2024

रोजगार बढाउन युवाहरु लाई विना व्याज ऋण दिनु पर्ने :सांसद यादव

युथ अफ वीरगंज February 8, 2020मा प्रकाशित (४ साल अघि) ५०६२ पाठक संख्या

 

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदिप यादवले देशमा बेरोजगारी कम गर्नको लागी सरकारले युवाहरुलाई शुन्य ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने बताएका छन् । शिप विना युवाहरु विदेशीने गरेकोले रोजगारीको बाध्यताले पनि विदेशमा युवाहरुलाई ज्यान गुमाउनु परेकोले युवाहरुलाई रोजगार बनाउन आधाभुत तालिमको आवश्यकता रहेको बताए । 

शनिबार वीरगन्जमा आयोजित बृति परामर्श तथा रोजगार मेलाको उदघाटन कार्यक्रममा बोल्दै सांसद यादवले तालिम लिएको युवाहरुलाई सरकारले शुन्य व्याजमा ऋण उत्पलब्ध गराए मात्र बेरोजगारी काम हुने बताउँदै उनले बेरोजगारीलाई न्युन गर्नको लागी प्रदेश नं. २ मा पहिलो पटक वीरगंज महानगरपालिकाले बृति परामर्श रोजगारी मेलाको आयोजना गरेकोमा महानगरको निकै प्रसंशा पनि गरेका थिए । 

कार्यक्रममा वीरगन्ज उधोगवाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ता,रोजगार तथा तालिम प्रदायस संस्थाका प्रदेश सचिव ललन तिवारी ,एमालेका जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका व्यक्तिहरुले मेलाको महत्व तथा आवश्यकताका बारेमा जानकार िगराएका थिए भने वीरगन्ज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतोले स्वागत मन्तब्य व्यक्त गरेका थिए । मेलामा ४६बटा रोजगार प्रदायक कम्पनिहरुको स्टल राखिएको छ । लगभग १०हजार युवाहरु मेलाको अवलोकन गर्ने आयोजक संस्थाहरुले अपेक्षा राखेका छन ् ।