आज:  | Wed, 19, Jun, 2024

वीरगन्जमा यसरी होली मनाइयो (तस्बिरहरु )

युथ अफ वीरगंज March 11, 2020मा प्रकाशित (४ साल अघि) १८८३८ पाठक संख्या

वीरगन्ज :एक–अर्कालाई रङ लगाएर र विभिन्न परिकार खाँदै–खुवाउँदै आज होली पर्व भव्य रुपमा मनाइएको हो ।

 तराईमा प्रेम र सद्भावको पर्वको रुपमा मनाइने होली पर्व मंगलबार पर्सा क्षेत्रमा भब्य रुपमा मनाइएको छ ! वीरगन्जका सडक र चोकहरूमा गीत बजाएर नाचगान गर्दै मानिसहरूले रङ–अबिर साटासाट गरे भने ग्रामीण क्षेत्रमा होली गीत गाएर मनाइयो। तराईमा मंगलबारका दिन माछामासु नखाने प्रचलन रहेको छ । आ–आफ्नो घरमा विशेष पूजा पाठ गरी कुल देवतामा अरिब, नारिवल, छोहडा चढाइ बिधिवत रुपमा होलि आजै नै हर्षोल्लासका मनाइएको छ । बुधबार घरमा खानपानको ब्यवस्थापन गरेर आफ्ना इस्टमित्र र आफन्तलार्इ बोलाइ खुवाउने र होली बुधबार पनि मनाउने भएका हुन् ।