आज:  | Sat, 22, Jun, 2024

बीरगञ्जका एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो, परिवारजन होम क्वारेन्टाइनमा

युथ अफ वीरगंज March 22, 2020मा प्रकाशित (४ साल अघि) ३३८२ पाठक संख्या

बीरगञ्ज , ९ चैत । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।

६ दिन अघि बिरामीलाई बीरगञ्ज हेल्थ केयर अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई बीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।