आज:  | Sat, 22, Jun, 2024

प्रधानमन्त्रीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

युथ अफ वीरगंज April 7, 2020मा प्रकाशित (४ साल अघि) ५५२४ पाठक संख्या

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९)को विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। दोस्रोपटक लकडाउनको अवधि थपेको र पहिलो लकडाउनको अवधि सकिएको दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।