आज:  | Sat, 22, Jun, 2024

हेल्पिङ हेन्डस द्वारा २४ परिवारलाई राहत बितरण !

युथ अफ वीरगंज April 11, 2020मा प्रकाशित (४ साल अघि) ३४६६ पाठक संख्या

वीरगञ्ज, चैत्र २७ – विश्वभर नै महामारी बनेको कोरोनाभाइरस अर्थात कोभिड-१९ लाई जित्न नेपाललगयात संसार लकडाउन रहेको मा बहुदरमाई वार्ड-०५-०६-०७ मा राहत बितरण गरेका छन !
कोरोनाभाइरस सङ्क्रमणलाई थप फैलनबाट रोक्न सामाजिक दुरीलाई बनाउन सरकारले लकडाउन लगाएको हो । तर लकडाउनले गर्दा भने दैनिक ज्यालादारी, मजदुरी र गरिब परिवारलाई भने छाक टार्न समस्या परेको छ । सरकारले आफ्नो स्तरबाट त्यस्ता व्यक्तिको भोक मेटाउन प्रयास गर्ने पनि त्यो प्रयाप्त भने हुन् सकेको छैन ।

यस्तो अवस्थामा भने केहि परोपकारी संघ संस्था र परिवारले भने लकडाउन र कोरोनाभाइरसको डर वावजुद त्यस्ता परिवार र व्यक्तिलाई सहयोग गर्ने सुरु गरेका छन् । यसैक्रममा पर्सा जिल्लाको हेल्पिङ हन्डस  भन्ने ग्रुप ले राहत बितरण गरेको छन !