आज:  | Sat, 22, Jun, 2024

संक्रमितको मृत्यु : नेशनल मेडिकल कलेजलाई कारबाही गरिने, आईसीयू सिल

युथ अफ वीरगंज May 25, 2020मा प्रकाशित (४ साल अघि) १७८५१ पाठक संख्या

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत भइसकेका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि अस्पतालमाथि कारबाही गरिने भएको छ।  अस्पतालले सरकारको निर्देशिका विपरित स्वाब परीक्षणमा शंकास्पद रिपोर्ट देखिएका बिरामीको मृत्यु भएपछि रिपोर्टलाई गुपचुप राखी शव परिवारको जिम्मा लगाएको थियो ।

यो पनि पढ्नुहोस् : वीरगन्जमा मृत्यु भएका कोरोना संक्रमितको सूचना लुकाउन क-कस्को चलखेल ?

यस घटनामाथि छानबिन भइरहेको र गृह मन्त्रालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कारबाहीका लागि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। शंकास्पद बिरामीको पीसीआर रिपोर्ट नआउदै हतार–हतारमा शव अन्त्येष्टिका लागि परिवारलाई दिइ चरम चरम लापरवाही गरेको र  संक्रमितको विवरण लुकाइएको ७ दिनसम्म लुकाइएको विषयमा छानबनि गरी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

मृतक वृद्धमा कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएपछि ३ बजेदेखि अस्पतालको आईसीयू कक्ष सिल गरिएको छ।  उपचारमा संलग्न मेडिकल कलेजका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी पीसीआर जाँचको तयारी गरिएको छ।

मृतकको सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसीङ पनि सुरु गरिएको छ।

via :- healthpati