आज:  | Sat, 22, Jun, 2024

वीरगञ्जका मेयरकी श्रीमती र छोरीमा पनि कोरोना संक्रमण पुष्टि

युथ अफ वीरगंज August 2, 2020मा प्रकाशित (३ साल अघि) ३४३५७ पाठक संख्या

पर्सा : पर्सामा फेरि ४५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरु अधिकांश वीरगञ्ज महानगरपालिका बजार क्षेत्रका हुन् ।

सबैभन्दा बढि वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना छन्। त्यसै गरी वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेको वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. निरज कुमार सिंहले बताए ।

त्यसैगरी वीरगञ्जको ड्राइपोर्टका ५, वीरगञ्ज ३ छपकैयाका १, वीरगञ्ज ८ का १, वीरगञ्जको मनियारीका १ जना रहेका छन् । वीरगञ्ज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताए ।

संक्रमित हुनेमा वीरगञजका मेयर विजयकुमार सरावगी श्रीमती र  छोरीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५ वर्ष देखि ६२ बर्ष उमेर समूहका रहेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए ।

मास ट्रेसिङ्गका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाइ छ । संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन् ।

पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ । संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिष्चार्ज पनि भइसकेका छन् ।