आज:  | Wed, 19, Jun, 2024

बिरगंजमा २०० के.जी.माछा सहित मानिस पक्राउ !

युथ अफ वीरगंज February 1, 2021मा प्रकाशित (३ साल अघि) १७९७७ पाठक संख्या

अबैध रुपमा भारतबाट ल्याउदै गरेको २०० के.जी.माछा सहित मानिस पक्राउ !
बिशेष सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी माछा लगायतका मालबस्तुहरु ल्याउदै गरेको छ भन्ने प्राप्त सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०७७।१०।१८ गते अं. २०:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ नगवा पोखरी स्थितमा ON Test Hero Honda मो.सा.मा २०० के.जी.माछा लोड गरी बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले भारत बिहार आदापुर बस्ने असर्फी सहनीको छोरा बर्ष ३० को प्रमोद सहनीले बोकी ल्याएको उक्त माछा र निज प्रमोद सहनीलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक प्वाईन्ट सिर्सिया पर्सामा बुझाइएको ।