आज:  | Tue, 25, Jun, 2024

जन्मसिद्ध नागरिक का सन्तान लाई एक सता भित्र नागरिकता पाउने :- सांसद प्रदिप यादव

युथ अफ वीरगंज June 12, 2022मा प्रकाशित (२ साल अघि) १७०१६४ पाठक संख्या

यो एउटा देश कै ठुलो समस्या हो, नागरिकता बिहिनहरु पढ्न सकेको छैनन, बाहिर बिदेश जान बाट बन्चित भएका छन, धेरै पल्ट युवाहरु अन्दोल्न सम्म गरे, सांसद ज्यु हरु पनि यो कुरा पाली बारम्बार उठानु पनि भएका छन।

सांसद  प्रदिप यादव ज्यु आफ्नो फेसबुक पेज बाट एक साता भित्र जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता पाउने लेख्नु भएका छन ! 

मैले पटक पटक सडकदेखि सदनसम्म उठाएको आवाज अब सरकार ले सुन्ने भएको छ।जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन आज जनता समाजवादी पार्टी नेपाल का माननीय सांसद का टोली संयुक्त रूपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युसँग भेटेर पुनः हामीले उहाँको ध्यनाकर्षण गराएका छौँ । उहाँले पनि यही साताभित्रै नागरिकताको समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । सयौँ अनागरिकलाई नागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुती दिलाउन अनुरोध गर्दछु ।:- सांसद प्रदिप यादव