आज:  | Tue, 25, Jun, 2024

विरगंजबाट १ लाख नगद सहित स्वतन्त्र उम्मेदवार पक्राउ

युथ अफ वीरगंज November 19, 2022मा प्रकाशित (१ साल अघि) १३३९९ पाठक संख्या


बिरगंज, प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा नगदसहित किशोरी प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीबाट स्वतन्त्र उम्मेदवार किशोरी प्रसाद यादवलाई १ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।