आज:  | Tue, 25, Jun, 2024

क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षकले दिए राजीनामा

युथ अफ वीरगंज December 10, 2022मा प्रकाशित (१ साल अघि) २७७३ पाठक संख्या


२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टीसुट आउटमा ४-२ ले पराजित हुँदै बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।