आज:  | Wed, 19, Jun, 2024

‘पठान’ हेर्न सिनेमा-हल पुगे पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी

युथ अफ वीरगंज February 1, 2023मा प्रकाशित (१ साल अघि) ९६६१ पाठक संख्या


पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह बलिउड फिल्म ‘पठान’ हेर्न हल पुगेका छन्।
उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुगेका हुन्।
दरबार सिनेम्याक्सले केही तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएको छ।
‘दरबार सिनेम्याक्समा तपाईंको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौं। तपाईंहरूलाई फेरि स्वागत गर्न तत्पर हुनेछौं,’ दरबार सिनेम्याक्सले आफ्नो फेसबुकमा लेखेको छ।