आज:  | Wed, 19, Jun, 2024

माइस्थान सडकको मुद्दा : महानगरको पक्षमा अदालतको आदेश

युथ अफ वीरगंज February 1, 2023मा प्रकाशित (१ साल अघि) १०३९६ पाठक संख्या


वीरगन्ज,१८ माघ :वीरगन्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ ।

न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भण्डको इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगन्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।