आज:  | Wed, 19, Jun, 2024

भोलिदेखि उपत्यकाभित्र गाडी नचलाउने यातायात मजदुरहरूको घोषणा

युथ अफ वीरगंज February 13, 2023मा प्रकाशित (१ साल अघि) ४५५८ पाठक संख्या


यातायात क्षेत्रका मजदुरहरूले भोलि (मंगलबार)देखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेरे आफूहरूमाथि आक्रमण गरेको बताएका छन् ।