आज:  | Tue, 25, Jun, 2024

यातायात कार्यालय वीरगञ्जमा कार्यरत रञ्जित र अमितको अटेरी, सरुवा भएको स्थान जान अस्वीकार

युथ अफ वीरगंज July 18, 2023मा प्रकाशित (११ महिना अघि) १०१६५ पाठक संख्या


वीरगञ्ज – यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पर्सामा कार्यरत दुई जना कर्मचारी सरुवा भएको कार्यालयमा नगएको पाइएको छ ।

सातौँ तहको अधिकृत मेकानिकल इन्जिनियर पदमा रही कार्यरत सङ्केत नम्बर २१६९८२ का अमित कुमार दास र सङ्केत नम्बर १९७७२१ का सहायक शाखा अधिकृत रञ्जित कुमार प्रसाद साह सरुवा भएको सम्बन्धित कार्यालयमा नगई पुरानै कार्यालयमा जबरजस्ती काम गर्न खोजिरहेका छन् । २१ असार २०८० को पत्रबमोजिम रञ्जितको यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटमा काज फिर्ता गरिएको थियो भने सोही मितिको पत्रअनुसार अमितलाई यातायात पूर्वाधार निर्देशनालय मधेश प्रदेशमा सरुवा भएको छ ।

विगत ४ वर्षदेखि एउटै कार्यालयमा काम गर्दै आएका अमित र २ वर्षदेखि कार्यरत रञ्जितले सरुवा भएर पनि सरुवा भएको कार्यालयमा जान नमानेको कार्यालयका कर्मचारीहरू बताउँछन् । लामो समयदेखि कार्यरत कार्यालयमा कमिसनबापतको रकम पाउने प्रलोभनमा उनीहरू सरुवा भएको कार्यालयमा नगएको स्रोतले बताएको छ ।