आज:  | Sat, 22, Jun, 2024

राष्ट्रिय बाल दिवसको अव्सरमा आज बिरगंज महानगरको आयोजना मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

युथ अफ वीरगंज September 15, 2023मा प्रकाशित (९ महिना अघि) ४७२६ पाठक संख्या


राष्ट्रिय बाल दिवस को अवसरमा आज बिरगंज मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता नेपाल मा पनि हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस को ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइएको छ ।
आज बिरगंजको घन्टाघर बाट ५९ औं रास्ट्रीय बाल दिवस को उपलक्ष्य मा वीरगन्ज को घन्टाघर बाट निकालिएको प्रभात फेरि र्‍याली माइस्थान , मकालु होटल , हरिखेतान क्याम्पस हुँदै पुर्ण घन्टाघरमा आएको थियो। सो र्‍याली मा समुदायिक बिधालयहरु श्री द्वार देवी माध्यमिक बिधालय अलौ, श्री शारदा मा .बि. सुगौली बिर्ता , श्री राम चन्द्र पन्ना लाल मा.बि अशोक वाटिका लगायत बिरगंज को धेरै जसो सामुदायिक बिधालय का साथ साथै सस्थागत बिधालय का बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।

सो अवसर मा बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलम ले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚  शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्‍वास व्यक्त गरे । त्यस्तै बिरगंज महानगर ले बालबालिकाको लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरि बालश्रम मुक्त तथा बालमैत्री समाजको निर्माण हर सम्भव काम गरिरहेको बताए ।

आज भएको सो कार्यक्रम मा बिरगंज शिक्षा महाशाखा का प्रमुख अरबिन्द लाल कर्ण, बाल बालिका समिती कि संयोजक कनिका कौसिक , श्री द्वार देवि मा. वि का प्रधानाध्यापक दयाकान्त झा , उप मेयर का स्वकीय सचिव शेष हजरा, नेपाली कांग्रेस का युवा नेता धर्मराज यादव त्यस्तै बिरगंज महानगर पालिका का कर्मचारीहरु को उल्लेखनिय उपस्तिथि रहेको थियो ।