आज:  | Sat, 22, Jun, 2024

९ किलो लागु औषधी गाँजा सहित २ जना नियन्त्रणमा ।

युथ अफ वीरगंज December 20, 2023मा प्रकाशित (६ महिना अघि) ७५७ पाठक संख्या


आज बुधबार बिहानको ०१:४५ बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरीटोलीले हेटौडा बाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०२-०२९ प १६०९ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरूले पिठयूमा बोकेको व्याग भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको ४.५ किलोको दरले २ (दुई) वटा व्यागमा ९ किलो अबैध लागु औषध गांजा बारामद गरी २ जना मानिस सहित मो.सा. नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया गरी थप अनुसान्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।
नियन्त्रणमा लिएको मनिसहरू:-
१. मो.सा चालक जिल्ला मकवानपुर मनहरी गा.पा.०८ बस्ने अ.बर्ष २१ को सुवास मोक्तान
२. मो.सा पछाडी सवार ऐ. कैलास गा.पा. २१ बस्ने अ.बर्ष ३० को देवराज स्याङताङ