आज:  | Sat, 22, Jun, 2024

एड्स बी मीडिया प्रालि मधेस प्रदेश कै उत्कृष्ट स्टार्ट अपका रूपमा पुरस्कृत

युथ अफ वीरगंज December 23, 2023मा प्रकाशित (६ महिना अघि) ३६१३ पाठक संख्या


वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित एड्स बी मीडिया प्रालि मधेस प्रदेश कै उत्कृष्ट स्टार्ट अपका रूपमा पुरस्कृत भएको छ ।

लिभिङ विद आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२३ मा एड्स बी मीडिया प्रालिलाई मधेस प्रदेश कै उत्कृष्ट स्टार्ट अपका रूपमा पुरस्कृत भएको हो ।

काठमाडौँस्थित द सोल्टी होटेलमा शुक्रबार आयोजित नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठीत आइटी अवार्ड कार्यक्रम आइसिटी अवार्ड २०२३ का बिच कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, पूर्व मन्त्री गणेश साह र एफएसीसी आई स्टार्टअप कमितिकी प्रमुख जुना माथेमाले एड्स बी मीडिया प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हिमांशु बरनवाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।