आज:  | Tue, 25, Jun, 2024

यी ५ बुँदे सम्झौतापछि प्रहरीको गोली लागेर मृत्यू भएका साहको लास उठने सहमति

युथ अफ वीरगंज January 7, 2024मा प्रकाशित (५ महिना अघि) १५१४२ पाठक संख्या


सर्लाहीको बरहथवामा भएको गोली काण्डमा मृतक परिवार र प्रदेश सरकारबीच सहमति भएको छ । पाँच बुँदे सहमतिपछि मृतक जयशँकर साहको शव अन्तिम सँस्कारको लागि उठाउने सहमति भएको हो ।

सर्लाहीको बरहथवा घटना सम्बन्धमा पाँच बुँदे सम्झौतामा सरकारको प्रतिनीधिले सहमति जनाएपछि लाउ उठने सहमति भएको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले जानकारी दिएका छन् ।

दुई पक्षबीच बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरि ५० सैय्याको बनाउने , सो अस्पतालको नाम मृतकको नाउँबाट नामाकरण गर्ने , मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने , संघीय सरकारले मृतक परिवारलाई १० लाख दिने घोषणा गरेको र प्रदेश सरकारले समेत पहल गर्ने र गोलि हान्ने प्रहरिलाइ अविलम्ब कारवाही गर्ने लगायतका मुख्य सम्झौता भएको हो ।

यो सहमती संगै मृतक जयशंकर साहको शव आजै घटनास्थलबाट उठने भएको छ । ज्ञातव्य छ, शुक्रबार अस्पतालको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा प्रहरीले समेत निर्दोष भनेका जयशँकर साहलाई प्रहरीको गोली लागेर मृत्यू भएको थियो ।