आज:  | Tue, 25, Jun, 2024

जनकपुरमा पार्किङमा राखिएको बस चोरी भएको छ ।

युथ अफ वीरगंज January 9, 2024मा प्रकाशित (५ महिना अघि) ३३३१४५ पाठक संख्या


जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।
ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको छ । जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो ।

सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ । आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।