आज:  | Tue, 25, Jun, 2024

बीरगन्ज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा शिलबन्दी गरेको छ ।

युथ अफ वीरगंज January 11, 2024मा प्रकाशित (५ महिना अघि) ६७४२ पाठक संख्या


बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्ज कार्यालयमा बिहीवार शिलबन्दी गरेको छ ।

बीरगन्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतो को रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको बताए ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेको ले कार्बाहीको प्रकृया अगाडी बढाएको र सोही क्रममा आज शिलबन्दी गरी थप निरन्तरता दिएको बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले जानकारी दिनु भएको छ ।