आज:  | Sat, 22, Jun, 2024

एनआई कप क्रिकेटमा ग्लोबल बिजनेस कलेज विजयी

युथ अफ वीरगंज January 20, 2024मा प्रकाशित (५ महिना अघि) ३६५५ पाठक संख्या

वीरगञ्ज । वीरगञ्जको नारायणी रंगशालामा जारी नेशनल इन्फोटेक (एनआई) कपमा ग्लोबल बिजनेस कलेज विजयी भएको छ । शनिवार सम्पन्न दोस्रो खेलमा ज्ञानदा एकेडेमीलाई ८ विकेटले पराजित गर्दै ग्लोबल बिजनेस विजयी भएको हो । 

टस जितेर ब्याटिङ् गरेको ज्ञानदा एकेडेमीले १५ ओभरमा ५५ रन बनाएरै सबै विकेट गुमायो । जसका लागि गुड्डु यादवले १४ रन बनाए भने फैजाल अजामले १० रन बनाए । ज्ञानदा एकेडेमीका रोशन कुमार साहले ४ ओभरमा १० रन खर्चिएर ३ विकेट लिए । विवेक यादवले पनि ३ ओभर बलीङ् गरेर ८ रन खर्चिदै ३ विकेट लिए । आदर्श भण्डारीले ३ ओभरमा १७ रन दिएर २ विकेट लिए । 

५६ रनको सामान्य लक्ष्य ग्लोबल बिजनेस कलेजले ९ ओभर १ बलमै जम्मा २ विकेटको क्षतिमा भेटायो । ग्लोबलले ५९ रन बनाउँदै जित निकालेको हो । जसका लागि विवेक यादवले २९ बलमा ३ चौकाको मद्धतमा २८ रन जोडे । सिकन्द्र साहले १७ बलमा १० रन बनाए । 

ज्ञानदाका अजय सहनीले ३ ओभरमा १५ रन खर्चिएर १ विकेट लिए भने अफताब आलमले पनि ३ ओभरमा २२ रन दिँदै १ विकेट लिए ।