आज:  | Tue, 25, Jun, 2024

घण्टाघरमा जडान गरिएको वत्ति फेरि तोडफोड,विकास विरोधीहरुले तोडफोड गरेको वीरगंजवासीको आशंका

युथ अफ वीरगंज January 28, 2024मा प्रकाशित (४ महिना अघि) १४५१२ पाठक संख्या

वीरगंज । वीरगंजको घण्टाघरमा जडान गरिएको आकर्षक बत्ती शनिबार राति तोडफोड भएको छ ।

घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन लगाइएको बत्ती तोडफोड गर्नुका साथै विद्युत प्रवाहका लागि लगाइएको तार काटेर बिगारेको भेटिएको हो ।

यस अघि पनि घण्टाघरमा लगाइएको बत्ति तोडफोड भएको थियो । 

वीरगंजलाई सफा सुन्दर बनाउन महानगर लागिरहेका बेला केही विकास विरोधी तत्वले त्यसलाई विगार्न लागि परेको वीरगंजवासीले महसुस गरेका छन् । 

महानगरपालिकाले घण्टाघरको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्तीको आकर्षक साजसज्जा गरेको थियो । सौन्दर्यीकरण गरिएपछि रातको समयमा बत्तिको साजसज्जाले घण्टाघर परिसर आकर्षक देखिने गरेको छ ।

सौन्दर्यीकरणपछि घण्टाघरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने तथा भिडियो बनाउनेहरूको बाक्लो उपस्थिति घण्टाघरवरिपरि लाग्ने गरेको छ ।

महानगरले घण्टाघर सहित शंकराचार्यद्वार, पशुपति मन्दिर लगायत सडकका पोलमा समेत आकर्षक वत्तीको साजसज्जा गरेको छ । 

महानगरका प्रमुख राजेशमान सिंहले सौन्दर्यकरण गरिएका संरचना तोडफोड र चोरी हुनु निन्दनीय रहेको बताउनु भयो । 

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हो” उहांले भन्नुभयो, “घण्टाघर उज्यालो र आकर्षक बनाउन जडान गरिएको बत्ति तोडफोड र चोरी हुनु दुःखद हो ।”