आज:  | Tue, 25, Jun, 2024

गाडीले ठक्कर दिएर सांसद राजकुमार गुप्ताको स्वकीय सचिव मोहम्मद फरार,घाइतेको अवस्था गम्भीर

युथ अफ वीरगंज January 29, 2024मा प्रकाशित (४ महिना अघि) २५७८९ पाठक संख्या


वीरगंज।पर्सा क्षेत्र:-३ को सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको गाडीले ठक्कर लागेर एक महिला गम्भीर घाइते भएकी छिन ।
सुक्रवार दिउसो १ बजे विरगन्ज बसपार्क बाट घण्टाघर तर्फ आउने क्रममा भवनी अस्प्ताल अगाडि गुप्ताको स्वकीय सचिव मोहम्मद निजामले चलाएको बिआर ०६ सिएक्स ५०२६ बलेरो मारुति सुजुकीले मोटरसाईकल सवार बारा कलैया उपमहानगरपालिका सितलपुर निवास रमेश प्रदस साह र उन्को श्रीमती बिन्दु देवीलाई ठक्कर दिएको थियो ।

ठक्कर बाट बिन्दु गम्भीर घाइते भाएकी छन भने रमेश सामान्य चोटपटक लागेको छ ।
घटनालगतै घाइते दुवैलाई नाजिकको अस्पातल भवनी अस्पातलमा पुर्याइएको थियो । बिन्दुको त्यहाँ उपचार संभव नभए पछी एलएस न्यूरो अस्पातलमा उपचार भईरहेको छ ।
श्रौत :- मधेशदृष्टि