आज:  | Wed, 19, Jun, 2024

बारा प्रहरीले नक्कली नोट सहित ५ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

युथ अफ वीरगंज February 8, 2024मा प्रकाशित (४ महिना अघि) ६६३७ पाठक संख्या

बारा प्रहरीले नक्कली नोट सहित ५ जना नेपाली नागरिकलाइ पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोबार भैरहेकै अवस्थामा बारा प्रहरीले ५ जनालाइ पक्राउ गरेको हो ।

जिल्ला सर्लाही चन्द्रनगर गाउपालिका वडा नम्बर ३ बस्ने ४४ बर्सिय रामचन्द्र महतो कोइरी, बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ बस्ने सुमित साह, परवानिपुर गाउपालिका वडा नम्बर ५ बस्ने सन्तोष पटेल, बिरगंज महानगरपालिका वडा नम्बर १० बस्ने विशाल कुमार श्रीवास्तव र बिरगंज महानगरपालिका वडा नम्बर १० बस्ने निरज श्रीवास्तवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा नक्कली नोटको कारोबार गर्दै गरेको अवस्थामा ६१ हजार नक्कली नोट सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । पक्राउ गरिएको ५ जना माथी अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।