आज:  | Tue, 25, Jun, 2024

एम.एस. धोनी फ्यान क्लब नेपाल च्यारिटी क्रिकेटको फाइनलमा

युथ अफ वीरगंज February 9, 2024मा प्रकाशित (४ महिना अघि) १३६५१ पाठक संख्या


वीरगन्ज,२६माघ:एम.एस. धोनी फ्यान क्लब,वीरगन्जमा जारी टि-१५ च्यारिटी क्रिकेटको फाइनलमा प्रवेश गरेकाे छ।

आदर्शनगर रंगशालामा शुक्रबार भएकाे खेलमा सान्भी फाउन्डेसन नेपाललाई ३२ रनको अन्तरले पराजित गर्दै धाेनी फ्यान क्लबले फाइनलमा स्थान पक्का गरेकाे हाे।

१०६ रनकाे लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सान्भी फाउन्डेसन १२ ओभरमा अलआउट हुदैं ७३ रनमै समेटिएपछि धाेनी फ्यान क्लब फाइनलमा पुगेकाे हाे।

यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको धोनी फ्यान क्लबले १४.५ ओभरमा ८ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो।

शनिबार उपाधिका लागि हुने फाइनल खेलमा धोनी फ्यान क्लबले स्प्रिट क्लब वीरगन्जकाे सामना गर्नेछ ।