आज:  | Wed, 19, Jun, 2024

नेपालमा रोहिंग्या शरणार्थीको संख्या ३ हजार नाघ्यो भारतसँगको समिानामा कडाइ गर्नुपर्छ : सांसद रघुजी

युथ अफ वीरगंज February 11, 2024मा प्रकाशित (४ महिना अघि) ३६७६ पाठक संख्या


वीरगञ्ज । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाइ गर्नुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले नेपाल जो आएर बसे पनि हुने देश बनेको बताए। उनले नेपालमा जो आएर जे गरे पनि हुने हो? भन्दै प्रश्न गरे। उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सिमाना भएको बताए।

उनले भने, ‘नेपाल जो आएर बसे पनि हुने देश भयो। पनौतीमा जानुस्। दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन्। रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ। पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले। न्युरोड क्षेत्रमा जानुस्, तोस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन्। नेपालमा जो आएर जे गरे पनि हुने हो? हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ। त्यसमा टाइट गर्नैपर्छ।’

सांसद पन्तले काठमाडौंमा तेस्रो लिङ्गीहरुले दिनदहाडै दुःख दिन थालेको भन्दै सरकारले आवश्यक चासो दिनुपर्ने बताए। साभार : थाहा खबरबाट