आज:  | Sat, 22, Jun, 2024

लुटको साम्राज्य चलाउन नपाउँदा मेयर सिंहमाथि प्रहार, के हो रवि–जिबी र सिधाकुराको कनेक्सन ?

युथ अफ वीरगंज February 14, 2024मा प्रकाशित (४ महिना अघि) १२८११ पाठक संख्या


नेपालीमा उखान छः जो सबभन्दा डरपोक छ, उसको नाम वीरबहादुर । हो, नामअनुसार काम र कामअनुसार नाम नभएर नै बेलाबेला यस्ता उखान प्रयोगमा आउँछन् । नामअनुसार काम भएन भने समाजलाई प्रश्न उठाउनेहरुले पनि समाजको प्रश्न थेग्नु पर्छ । उत्तर दिनु पर्ने ठाउँमा समाजले ढिलोचाँडो पुर्याउँछ नै । नाम ‘सिधा’ भए पनि मूलविषय ओझेलमा पार्दै तपसिलका स्वार्थ पूरा नभइन्जेल ‘भ्रम’को निरन्तर शृंखला चलाइयो भने पक्कै जनताले त्यस्ता पात्र, परिवेश र सामग्रीबारे पनि प्रश्न सोध्न सक्छन् । र, यसरी नै अहिले वीरगंजबासीले प्रश्न सोधेका छन् एउटा मिडिया सिधाकुरा डटकमलाई । जसले लगातार वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहविरुद्ध मोर्चा कसेको छ । त्यो मोर्चाले व्यक्तिगतरुपमै महानगर प्रमुखविरुद्ध मात्र एकतर्फी समाचार सम्प्रेषण गरेको छैन, सिधाकुरासँग जोडिएका पात्रहरुलाई भने छपक्कै छोपेर कारबाहीबाट जोगाउन कम्मर कसेर लागेको देखिएको छ ।

महानगरमा प्रमुख निर्वाचित भएपछि गरेका काममा औँला उठाउने ठाउँ नपाएपछि केहीलाई हनहनी ज्वरोसहति ‘बसिसुख न उठिसुख’को अवस्था थियो । कसरी नगर प्रमुखलाई तेजोबध गर्ने भनेर साँझ छिप्पेर रात हुँदै गएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आफ्नो स्ट्याटस चैँ घटाउँदै जानेहरुको हूलमा मिस्सिएर यही अनलाइनले लगातार नगरप्रमुखको व्यक्तिगत मानमर्दनमा उत्रिन थालेपछि कतै वीरगंजमा कुनै मूठभेड नै गरेर ‘आफ्नो अपराध लुकाउन मदत मागिरहेको’ त होइन भन्ने प्रश्न उब्जिएको छ । केही वर्षअघि नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको चितवनमा भएको शंकास्पद मृत्यु र त्यसमा जोडिएको आत्महत्या दुरुत्साहनको मुद्दामा रवि लामिछानेसँगै पक्राउ परेका युवराज कँडेलको आवरणमा रवि लामिछाने र गितेन्द्रबाबु (जिबी) राईको नगरप्रमुख सिंहमाथि प्रतिशोध साँध्ने काम भइरहेको छिपेको छैन ।

‘सिधा कुरा जनता’कार्यक्रममा अडियो दिने कँडेल प्रमुख सिंहको मानमर्दनमा खटनपटनमा भनिए भन्दा बढी इमानदार भएर खटिएको देखिएका छन् । दुःख पर्दा हातमुख जोर्न जनताले खुन पसिनाको एक एक पाई गरेर सहकारीमा जम्मा गरेको बचतबाट गैरकानुनीरुपमा डेढ अर्ब लगानीमा खोलिएको ग्यालेक्सी फोरके टिभी बन्द भएपछि रविको राजनीतिसमेत भरथेग गर्दै अनलाइनले जिबी राईलाई समेत जोगाउन सकिन्छ कि भनेर वीरगंजका महानगरप्रमुखको व्यक्तिगत मुद्दामा निकै समय र लगानी खपत गरेको छ । तर ‘एकोहोरो घोक्रोसुकाइ’बाहेक कुनै उपलब्धि हासिल नभएपछि ‘सेफ ल्यान्डिङ’ कसरी गर्ने भनेर विषयान्तरमा पनि नगरप्रमुखलाई जोड्न भने छाडिएको छैन ।

‘महिना पारी होइन, महिना वारी’ तलबको सफेद झूटसहितको लोभलाग्दा नारा दिएर निकै तामझामका साथ जनताको ठूलो बचत रकम अपचलन गरी खोलिएको ग्यालेक्सी टिभीमा वीरगंजस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामार्फत वीरगंजबासीको खुनपसिनाको कमाइसमेत हिनामिना भएपछि वीरगंजका नगरप्रमुख सिंहले सानो पाइलामाथि कारबाहीको डण्डा चलाउँदा भागभाग र पक्राउको सिकार भएका राई समूहको रुवाबासी बुलेटिन बनेको अनलाइनले वीरगंज महानगर प्रमुख सिंहकै एक्सनले ‘मोस्ट वान्टेड’ हुनु पर्ने अवस्था आएको निष्कर्षसहित अनलाइनमार्फत ‘भ्याकुरखेदाइ’ अभियान चलाए पनि मूलमुद्दामा नगर प्रमुख जोड्न सहायक पात्रको खोजीमा मोबाइलको बत्ती बालेर टोली परिचालन हुन थालेको छ ।

ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राई नै मुख्य सञ्चालक र संस्थापक रहेको सानो पाइलालाई कारबाहीको डण्डा चलाएपछि त्यसको चोट सहकारीको पैसा लगानी भएको ग्यालेक्सी फोरकेका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा उनका विश्वासपात्र युवराज कँडेलमाथि समेत नपर्ने सम्भावनै रहेन । मुलुकका प्रमुख सहरमा राई समूहले खोलेको सहकारीमा समस्या देखिएकै बेला वीरगंजका नगरप्रमुख सिंहले वीरगंजबासीको बचत रकम फिर्ता गर्न स्वयम् राईसमेतको सहभागितामा बैठक तथा सहमति गरे पनि कार्यान्वयन गर्न नचाहँदा आज राई मोस्टवान्टेड भएका छन् भने उनका समूहका पत्रकार चैँ राजेशमान सिंहलाई सडकमा ल्याउने भन्दै सडकमै एकतर्फी कुर्लिरहेका छन् ।

निरन्तर प्रयास सफल नभएपछि अन्ततः नगरप्रमुख सिंहले वीरगंजको सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारीका सञ्चालकको सम्पत्ति रोक्का, नेपाल राष्ट्र बैंकलाई बैंक खाता रोक्का र केन्द्रीय अनुसन्धान ब्यूरोलाई व्यक्ति पक्राउ गरी कारबाही गर्न सिफारिस गरेका थिए ।

सानो पाईलाका सञ्चालकलाई कारवाही गर्न सिआईवीले जिल्ला प्रहरी कार्यालय पर्सालाई लेखेको पत्र

वीरगंजका नगरप्रमुख सिंहले राई समूहलाई कारबाही सिफारिस गरेको समाचार खडेरीको आगो झैँ फैलिएपछि मुलुकका अन्य स्थानका सहकारीका बचतकर्ता जुरुक्क जुर्मुराए । राई समूहविरुद्ध प्रहरी, प्रशासन र अदालतमा मुद्दा हाल्न पुगे । फलस्वरुप राई नेपाल छाडेर भाग्ने स्थिति आयो, राईका केही विश्वासपात्रहरु पक्राउ परे । यसमा कुमार रम्तेललगायतका राईका सहयात्रीहरु छन् ।

वीरगंज महानगर प्रमुख सिंहको कारबाही सिफारिसका कारण अपराध लुकाउन प्रयोग हुने मिडिया हाउस ग्यालेक्सी फोरके टिभी मात्रै होइन, अदृष्य रुपमा हरेक कारोबारमा संकट आएपछि रवि लामिछानेसमेत जिबी राई समूहले सञ्चालन गरेको आर्थिक अपचलनको साम्राज्य ध्वस्त हुन थाल्यो र ध्वस्त भइछाड्यो ।

राई समूह संलग्न अन्य संकटन्मुख कम्पनीहरु
१.जिबी ग्रुप अफ कम्पनी
२. नेचर हर्ब इन्टरनेशनल प्रालि
३. नेचरनेष्ट प्रालि,
४. स्प्रिङ उड रियल स्टेट एन्ड हाउजिङ प्रालि
५. अरुणदेव कन्स्ट्रक्सन एण्ड सप्लायर्स
६. गोर्खा ग्रुप मल्टिइन्भेष्टमेन्ट
७. शाङ्की एजुकेसन फाउन्डेसन प्रालि
८. प्रोफेसनल एग्रिकल्चर फर्म
९. नेपालश्री मल्टिमिडिया
१०. गोर्खा इन्टरनेशनल प्रालि
११. प्यागोडाज होम प्रालि
१२. नेचर हब्र्स बिजनेश स्कुल प्रालि
१३. नेशनल एग्रिकल्चर एण्ड रिसर्च सेन्टर
१४. मिल्की वे एजुकेसनल कन्सल्टेन्सी
१५. मन्दरा टुर एण्ड एक्सिडिसन प्रालि
१६. मन्दरा स्पा एण्ड वेलनेश सेन्टर प्रालि
१७. हाउस अफ दि मिल्क वे
१८. हिमालयन किङ्डम एक्सपोर्ट प्रालि
१९. हर्बो इन्टरनेशनल प्रालि
२०. जिटिआर लिंक प्रालि
२१. गोर्खा हर्बल प्रडक्सन
२२. गोर्खा ग्रुप अफ इन्टरनेशनल
२३. गोरखा ग्रुप अफ कम्पनी
२४. गोर्खा आयुर्वेद कम्पनी
२५. बोधान एजुकेसन फाउण्डेसन

यति मात्र होइन, नेपालको सहकारीबाट रकम उठाएर मलेसिया र सिंगापुरमा सञ्चालन गरिएको व्यवसायको सञ्जाल पनि पूर्णरुपमा ध्वस्त भएको खबर छ । यसरी महानगरको एउटै पत्रले सारा ठगीधन्दा चौपट भएपछि रवि लामिछाने, युवराज कँडेललगायत राईको समूह नगरप्रमुख सिंहका पछाडि हात धोएर लागेका हुन् भने वीरगंजकै केही माफिया, धार्मिक माफियाले पनि सहकारीबाट चर्को मुनाफा र लिइएको सुनका असर्फी फिर्ता गर्नु पर्ने भयले राई समूहलाई नै साथ दिइरहेको खुलेको छ ।

मिडियाको काम सत्य पस्कनु हो । तर आफ्नो कुरालाई सत्य बनाउन नभएको कुरामा जनताको बकपत्र खोज्नु बकबास मात्र हो । जिबी राई समहूले आफ्ना र वीरगंजमै नभएकालाई लगानी गरेको ९३ करोड रुपैयाँ र साना पाइलामा बचत गर्नेहरुको आँसुबारे लेख्न सकेको छैन । नगरप्रमुख सिंहको व्यक्तिगत मानमर्दनमा अनेक शीर्षकमा ढेड दर्जन सामग्री बनाउने मिडियाले सहकारी पीडितका पक्षमा १८ शब्द खर्च गर्न सकेको छैन । के वीरगंजका सानोपाइला पीडित नागरिकमाथि भइरहेको लुट ‘सिधा’ देखिएकै हो त ? नदेखिएको हो भने हामीले सहकारीले लगानी गरेको ऋणको विवरण पुनः प्रकाशन गरेका छौँ, यो विवरण माघ ५ गते पनि प्रकाशन गरेका थियौँ ।
के यी वीरगंजकै ऋण हुन् ?

गितेन्द्रबाबु राईको संस्था र सञ्चालकहरुले कति लगेछन् ?
ऋणीहरुको नाम लगेको ऋण
१. भूपेन्द्र राई ६५,९९,७२४ रुपैयाँ
२. बिमला पौडेल २,०७,२२,४६४ रुपैयाँ
३. तीर्थराज लामिछाने १,०६,०६,६२८ रुपैयाँ
४. ग्रेसी स्पुन रेस्टुरेन्ट ८६,६९,१६० रुपैयाँ
५. नेचर हर्ब इन्टरनेश्नल १,३७,१३,७७१ रुपैयाँ
६. नेचर नेष्ट प्रालि १,८५,५१,२२४ रुपैयाँ
७. स्प्रिङ उड रियलस्टेट १,०१,३४,३५३ रुपैयाँ
८. कुमार रम्तेल ८४,०१,८५१ रुपैयाँ
९. तस्बिरन खातुन ५७,२९,८८५ रुपैयाँ
जम्मा १०,३१,२९०६० रुपैयाँ

अन्य ठूला ऋणीहरु
१०. आकाश गुरुङ १,०६,७७,२४१ रुपैयाँ
११. आयुष कार्की १,०८,२५,१९१ रुपैयाँ
१२. अजयबहादुर थारु १,०६,६९,२४५ रुपैयाँ
१३. अक्षय वाग्ले ८६,६७,८१२ रुपैयाँ
१४. अनिल जिसी ९६,१७,८२१ रुपैयाँ
१५. अन्जु पन्त सुवेदी १,०४,८६,२४९ रुपैयाँ
१६. अनुप पाण्डे ७९,२९,८२१ रुपैयाँ
१७. बबिता गुरुङ १,०३,७८,८२२ रुपैयाँ
१८. वर्षा ढुंगाना १,०५,५६,२४४ रुपैयाँ
१९. विशाल थापा १,०६,००,८५२ रुपैयाँ
२०. विष्णुमाया गुरुङ १,०६,५४,७१६ रुपैयाँ
२१. बुद्धि गुरुङ ८६,७९,४५६ रुपैयाँ
२२. छविलाल जोशी १,८६,९४,६०४ रुपैयाँ
२३. छविराम ढकाल १,०४,९९,३८० रुपैयाँ
२४. छत्रमणि भट्टराई ८६,९१,१०० रुपैयाँ
२५. दिनेश रोका २,३९,४०,१७७ रुपैयाँ
२६. दीपा न्यौपाने १,०६,३९,५४२ रुपैयाँ
२७. दीपक लामा १,६७,९५,३३५ रुपैयाँ
२८. दीपक न्यौपाने १,०५,६९,३१० रुपैयाँ
२९. दिव्या गुरुङ १,०८,३३,५९६ रुपैयाँ
३०. हेमन्त अधिकारी १,६७,१५,३७७ रुपैयाँ
३१. विशाल तामाङ ६,८३,६६,२९४ रुपैयाँ
३२. नवीन आछामी ३,४९,२६,१३८ रुपैयाँ
३३. रविना रिमाल २,८४,९३,७७९ रुपैयाँ
३४. गुण्जना गुरुङ १,०४,१५,३७५ रुपैयाँ
३५. ज्ञानबहादुर बम्जन १,२९,०३,७१४ रुपैयाँ
३६. हीरादेवी पुन ७८,२६,३९४ रुपैयाँ
३७. ईश्वर चालिसे १,०४,९०,१४८ रुपैयाँ
३८. कल्पना गिरी १,०४,५४,७९४ रुपैयाँ
३९. कल्पना सुवेदी १,४५,०५,८७५ रुपैयाँ
४०. कुन्दन थापा १,१८,४१,९६९ रुपैयाँ
४१. लक्ष्मण प्रसाद चापागाईं ९३,८७,८१९ रुपैयाँ
४२. लक्ष्मी कार्की १,०७,८१,७२० रुपैयाँ
४३. लिंका शाक्य १,०३,९९,३२४ रुपैयाँ
४४. लोकनाथ शर्मा १,०९,८५,५९९ रुपैयाँ
४५. महेश गुरुङ ९८,६५,५८६ रुपैयाँ
४६. ममता नेपाली १,१२,५६,५४२ रुपैयाँ
४७. मनिषा विक १,०७,८५,४०० रुपैयाँ
४८. मुना अधिकारी १,१८,७१,३१५ रुपैयाँ
४९. नवीन सुवेदी ९०,११,३३७ रुपैयाँ
५०. नीता थापा १,०७,८९,५१५ रुपैयाँ
५१. ओम प्रकाश गुरुङ १,०७,११,०९० रुपैयाँ
५२. पविना केसी १,०५,६६,२२० रुपैयाँ
५३. पार्वती राणा १,०८,१४,५६५ रुपैयाँ
५४. प्रगति श्रेष्ठ १,०६,१४,२१५ रुपैयाँ
५५. पुष्पा थापा १,०५,५३,६६९ रुपैयाँ
५६. रचना श्रेष्ठ ८६,५६,१६८ रुपैयाँ
५७. रेखा मिदुम १,०७,१६,४०६ रुपैयाँ
५८. रोशनी गुरुङ १,२८,१७,८९८ रुपैयाँ
५९. रुपा पुन १,९५,१६,४३३ रुपैयाँ
६०. सागर केसी १,१७,५८,१३६ रुपैयाँ
६१. समिता श्रेष्ठ ८६,७०,१४१ रुपैयाँ
६२. सञ्चिता गौतम १,१२,३४,२७५ रुपैयाँ
६३. सञ्जय डंगोल ७९,२९,८२१ रुपैयाँ
६४. सरद लुईंटेल ७९,३३,०७६ रुपैयाँ
६५. सरिता कार्की १,०४,०६,६३७ रुपैयाँ
६६. सोनी गुरुङ ९९,९९,२७३ रुपैयाँ
६७. सुबोध भट्ट ७८,९५,७५८ रुपैयाँ
६८. सुमन भण्डारी ८४,०५,१५१ रुपैयाँ
६९. सुनिता गुरुङ १,१३,१७,९८१ रुपैयाँ
७०. सुनिता पुन १,०५,३२,५९४ रुपैयाँ
७१. सुरज श्रेष्ठ १,०६,४७,१४८ रुपैयाँ
७२. सूर्या चुवाई १,०५,०६,६७२ रुपैयाँ
७३. सुस्मिता मानन्धर १,६४,३४,३९७ रुपैयाँ
७४. सुस्मिता शर्मा १,०९,५०,७०१ रुपैयाँ
७५. स्यान्ड्रिक राजभण्डारी १,१०,९९,६६६ रुपैयाँ
जम्माः ८३,३१,६८,६१९ रुपैयाँ
स्रोतः सानो पाइला सहकारी
श्रौत :- ईमधेशदृष्टि