आज:  | Wed, 19, Jun, 2024

भ्यालेन्टाईनडे मनाउन गएकी बालिकालाई होटेलमा लगेर प्रेमीले गरे बलात्कार, प्रेमी पक्राउ

युथ अफ वीरगंज February 15, 2024मा प्रकाशित (४ महिना अघि) ४५८६५ पाठक संख्या


सिरहा । सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनका प्रेमीले बलात्कार गरेको घटना बाहिरिएको छ ।

बुधबार घरबाट सरस्वति पूजा भन्दै भ्यालेन्टाइन डे मनाउन प्रेमीसँग निस्केकी बालिका (सिरहा–१६ भनेर नाम परिवर्तन) लाई सिरहाको लहानस्थित एक होटेलमा लगेर बलात्कार गरेको बताईएको छ ।

बुधबार दिउँसो घरबाट निस्केकी सिरहा–१६ लाई उनका प्रेमीले लहानको होटेलमा लगेको र बलात्कार गरेको प्रारम्भिक बयान दर्ज गरिएको हो ।

सिरहाको बरियारपट्टि नगरपालिका बस्ने बालिकालाई सिरहाको सुखिपुर नगरपालिका वडा नं. २ बस्ने एक युवकले बलात्कार गरेको जनाईएको छ । सोही आरोपमा एक युवक पक्राउ परेका छन् । उनको नाम भने अहिले सार्वजनिक गरिएको छैनन् ।

बालिका रक्ताम्य अवस्थामा होटेलमै अचेत देखिएपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरी घटनास्थल पुगेर सर्च अपरेशन चलाउँदै एक जनालाई बालिकाको बयानको आधारमा पक्राउ गर्न सफल भएको हो ।