आज:  | Sat, 22, Jun, 2024

घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज को आयोजना मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

युथ अफ वीरगंज February 17, 2024मा प्रकाशित (४ महिना अघि) २१४०० पाठक संख्या


वीरगंज । घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज को अध्यक्ष सन्तोस कुमार साह को अध्यक्षता तथा वी. महानगर वार्ड न १० वार्ड समिति को अध्यक्ष सुशील कुमार कानू को प्रमुख आथिथ्य मा सम्पन्न भएको छ।
कार्यक्रम मा वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा लक्ष्मी थापा गुप्ता फेमिली फ़िजिसियन मधुरोग विशेषज्ञ डा. उदय नारायण सिंह हाड़जोड़नी नशा रोग विशेषज्ञ डा दिलीप चौरसिया बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा श्यामबाबू साह बिकास साह छाला रोग विशेषज्ञ डा रोहित गुप्ता दांत रोग विशेषज्ञ डा ज्योति गुप्ता डा राजकुमार साह डा सन्दीप गुप्ता लगायत् करीब २५० जाना स्थानीय लाई सेवा प्रदान गरिएको छ।
शिविर मा श्री गणपति डाईग्नोस्टिक सेण्टर द्वारा निःशुल्क रूपमा रगत पिसाब सुगर जाँच गरीएको थियो।कार्यक्रम मा अतिथि हरुलाई स्वागत मन्तव्य क्लब का उपाध्यक्ष मनोहर साह ले गरेका थिए।
कार्यक्रम मा अतिथि हरु लाई क्लब का सदस्य किशोरी साह सुदामा बरनवाल र शम्भु गुप्ता द्वारा खादा लगाई स्वागत गरीएको थियो।
कार्यक्रम मा खेलकूद तथा स्वास्थ्य उप समिति को संयोजक प्रभाकर गुप्ता मन्तव्य क्रममा मौसम परिवर्तन संगै हरेक घर देखिएको बिरामी रोग लाई मध्यनज़र गर्दै हामी ले यो कार्यक्रमको आयोजना गरेका छौ यसबाट वार्ड का जनता हरु थोरै भए पनी राहत महसूस होस भनने हाम्रो चाहना हो।
अधिवक्ता पन्नालाल गुप्ता घड़िअर्वा स्पोर्टस क्लब गरेको काम सराहनीय छ भन्नु भयो।
मन्तब्य कै क्रममा प्रभु अस्पताल को संचालक तथा स्त्री रोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ता ले घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज र प्रभु अस्पताल संग समझौता गरी क्लबको सिफ़ारिश मा आएको बिरामी लाई छुट दिने घोषणा गर्नू भयों।

त्यसतै प्रमुख अतिथि ले वार्ड समिति ले घड़िअर्वा स्पोर्टस क्लब लाई निरन्तर सहयोग गर्ने प्रतिबदता व्यक्त गरेका गर्नू भयो।

कार्यक्रम मा मित्र रास्ट्र भारतको अयोध्यामा २०२४ जनवरी २२ मा भएको प्राणप्रतिष्ठा मा सहभागी भएका बिरगंज बाट कठोर पैदल यात्रा १४ दिनमा सम्पन्न गरेका घड़ीअर्वा का मुन्ना कुमार साह कानू र चन्दन बरनवाल लाई प्रशसा पत्र प्रदान गरिएको थियो।


कार्यक्रम मा वार्ड समिति का पूर्व अध्यक्ष रामनगीना साह वर्तमान सदस्य संतोष जैसी पूर्व सदस्य अरबिंद साह छठपूजा समिति अध्यक्ष दिलीप गुप्ता प्रेम साह परमानन्द साह बालमिकी साह मनोज कुमार कानू लखन लाल गुप्ता तिलक साह राकेश साह लगायत को उपस्तिथि रहेको थियो
साथै आफ्नो अमूल्य समय दिसहयोग गर्नू भएका चिकित्सक तथा प्राविधिक टोली लाई समेत मायाको चीनो प्रदान गरी कार्यक्रम को अध्यक्ष सन्तोष साह द्वारा समापन गरीएको थियो।
कार्यक्रम संचालन क्लब का सचिव सन्तोष कुमार गुप्ता ले गरेका थिए।