आज:  | Wed, 19, Jun, 2024

हिन्दुहरु माथीको आक्रमण बन्द गर्न मांग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना

युथ अफ वीरगंज February 19, 2024मा प्रकाशित (४ महिना अघि) ३०१७८ पाठक संख्या

रौतहटमा सरस्वती माताको मुर्ति विसर्जनको क्रममा हिन्दु समुदाय माथी गैर हिन्दु समुदायले हस्तक्षेप गर्दै कुटपिट गरि घाइते बनाएको र विगत केहिदिन यता हिन्दुहरुको हरेक चाडपर्वहरुमा मुस्लिमहरुले यसरी हमला गर्नु निकै दुस्खद र विडम्बनापूर्ण रहेकोे छ।

यस्ता किसिमको दुस्खद घटना हाम्रो समाजमा घटदै गईरहेको ले यो देश कता तिर जादैछ। भने प्रश्नवाचक चिन्ह समेत खडा भएको छ। यस्ता किसिमको सम्प्रादायिक घटना बारम्बार घटनु पक्कै पनि देश र जनताको लागी राम्रो संकेत होईन।। यस्ता किसिमको घटना जुनसुकै समुदायको माध्यमबाट घटेपनी त्यसको उचित समाधान र दोषीहरुलाई कानुनको दायरामा ल्याउनै पर्दछ।

यहि बिषयलाई लिएर आज बिरगंजमा हिन्दुहरुको केही जत्थाहरुले बिरगंज बन्द गराउदै तथा विभिन्न किसिमको नारा जूलूस गर्दै बिरगंज नगर परिक्रमा गरी ,,हिन्दुत्त्व मास्न पाईदैन,, हिन्दुहरु माथीको आक्रमण बन्द गर,, दोषीलाई कार्यवाही गर,, जस्ता नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेट मा धर्ना दिंदै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्रसमेत बुझाएका  छन ।