आज:  | Sat, 22, Jun, 2024

साहिब दरबारको आयोजनामा ६२ जनाले गरे रक्तदान

युथ अफ वीरगंज February 24, 2024मा प्रकाशित (३ महिना अघि) ८५२७ पाठक संख्या

वीरगंज । साहिब दरबार वीरगंजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. २१ स्थित कन्साइ नेरोलेक पेन्ट्स (knp) परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित  ६२  जनाले रक्तदान गरेको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो । 

रक्तदान कार्यक्रममा निशा कार्की, सङ्गीता दास, नेत्र कुमारी खनाल, सोनी कुमारी चौधरी, कृष्ण पटेल, दिलिप पाण्डेलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

रक्तदान कार्यक्रमको वीरगंज महानगर प्रमुख राजेशमान सिंहले रक्तदान गरेर उद्घाटन गर्नुभयो । 

उहाँले रक्तदान एक मानवीय कार्य भएकोले सबैले रक्तदान गरेर सहयोग गर्नुपर्ने बताउनु भयो ।

रक्तदाताहरुलाई महानगर प्रमुख सिंहले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा साहिब दरबारका पजुनुमैया त्वायना, सुरज गुप्ता, शिव गुप्ता, संगिता दास लगायतको सहभागिता रहेको थियो ।