आज:  | Sat, 22, Jun, 2024

काठमाडौं महानगरपालिकाको ज्याजति विरुद्ध फुटपाथ व्यापारीहरूको विरोध प्रदर्शनी ।

युथ अफ वीरगंज March 1, 2024मा प्रकाशित (३ महिना अघि) ३४८७ पाठक संख्या


Photo- Nepal Photo Library
काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन् । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै उनीहरूले विरोध गरेका छन् ।