आज:  | Sat, 22, Jun, 2024

कैदीबन्दीलाई इफ्तारी गर्न महानगरप्रमुख सिंहको सहयोग

युथ अफ वीरगंज March 28, 2024मा प्रकाशित (२ महिना अघि) ४७२६ पाठक संख्या


वीरगञ्ज । वीरगञ्ज कारागारमा रमजानमा रहेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराउनुभएको छ । 

कारागारमा रहेका करिब २ सय ३५ जना मुस्लिम कैदीबन्दीलाई पुग्ने सामग्री उहाँले व्यक्तिगत रुपमा उपलब्ध गराउनुभएको हो । 

महानगरप्रमुख सिंहले पठाउनु भएको सामग्री कारागार प्रशासनका फिरोज अन्सारीलाई  हस्तान्तरण गरिएको प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिनुभयो । 

इफतारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिनुभयो । 

मुस्लिम समूदायको महत्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समूदाय दिनभर पानी समेत नखाई निराहार बस्ने परम्परा छ ।

साँझ भने इफ्तारी गर्ने गर्दछन् । कारागारमा कैदी जीवन विताई रहेकालाई इफ्तारी गर्न खाद्य सामग्री अभाव नहोस भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउनुभएको हो ।

खाद्य सामग्री हस्तान्तरण गर्न युवा नेता रुपेशमान सिंह, जयप्रकाश कुशवाहा, खैरुद्दिन हवारी, भुषाल चौरसिया, अरसे आजम लगायतको सहभागिता रहेको थियो ।