आज:  | Wed, 19, Jun, 2024

नेसनल मेडिकल कलेजमा प्रहरीको छापा, सञ्चालक सहनाज अन्सारी पक्राउ

युथ अफ वीरगंज April 8, 2024मा प्रकाशित (२ महिना अघि) १३१६८ पाठक संख्या


वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेको छ।

मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ ।

ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको पर्साका प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।

उनका अनुसार बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको हो ।