आज:  | Sat, 22, Jun, 2024

नारायणी अस्पतालमा छात्रासंग यौन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

युथ अफ वीरगंज May 6, 2024मा प्रकाशित (१ महिना अघि) १४००८ पाठक संख्या

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले अस्पतालमा प्रेटिकलका लागि आउने छात्राहरुसंग याैन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनी निवासी ३० बर्षिय अगन्ध चाैरसियाले याैन दुर्व्यवहार गरेकाे भन्दै १७ बर्षिय र २२ बर्षिय छात्राले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागाउँदै पिडित छात्राहरुले उजरी दिएका हुन् ।

पीडित मध्येका एक छात्राका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् ।

उनले संचारकर्मी संग कुरा गर्दै भनिन स्वयम् आफुलाई चाैरसियाले बैशाख ६, ७ र ८ गते लगातार डियुटकाे क्रममा याैन दुर्व्यवहार गर्दै मानसिक तनाव दिएकाे वताइन । त्यसपछि आफु दाईकाे विहेमा गएकाे र विहेबाट फर्केर आउँदा पनि त्यस्तै हर्कत दाेहाेर्‍याउँदै धम्की समेत दिएपछि आफुले बाध्य भएकाे प्रहरीमा उजरी दिएकाे वताइन ।

विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित उनले बताइन ।

प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’

पिडितहरुले उजरी दिएपछि प्रहरीले आराेपित चाैरसियालाई साेही दिन नियन्त्रणमा लिएकाे हाे । पिडितले दिएकाे उजरीकाे आधारमा अनुसन्धान गर्न आइतबार नै चाैरसियालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा प्रहरीलाई हेर्न नमिल्ने भन्दै पक्राउ परेका चाैरसियालाई आज छाेड्न लागिएकाे उनले वताए । कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा जिल्ला प्रशासनले हेर्न अधिकार रहेकाे डिएसपी थापाले वताए । नत्र पिडितले सिधै अदालत जान्न मिल्ने उनकाे भनाई थियाे ।

यता केही नेताहरुकाे दबावमा प्रहरी आराेपित चाैरसियालाई छाेड्न लागेकाे बुझिएकाे छ । नेताहरुकाे दबावका कारण प्रहरीले मुद्दा दर्ता नगरी विभिन्न बहाना बनाउँदै यसरी नै छाेडन लागेकाे हाे ।

यस बिषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

श्रोत:- कालिकाटाईम्स